काठमाडौं, पर्यटनमन्त्री रविन्द्र अधिकारीले पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोड्ने काम भएको दाबी गर्नु भएको छ ।
पर्यटनमन्त्री अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्चको २७ मंसिर २०७४ को आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्नसक्ने अवस्था नभएको दाबी गर्नु भयो । आफ्नो कार्यकालमा भएको कामको जिम्मेवारी लिने भन्दै उहाँले भन्नु भयो , भाग्ने कुरै आउँदैन ।’मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई डुबाउने खेल भइरहेको पनि दाबी गर्नु भयो । ‘विमान आएपछि अरुको ब्यापार घटेको छ, हाम्रो बढेको छ’ उहाँले भन्नु भयो , , ‘हामी अलि महत्वकांक्षी भएर अगाडि बढेनौं भने निगम धरासायी हुन्छ ।’रणनीतिक साझेदार खोजेर वायुसेवा निगमलाई अगाडि बढाउन जरुरी रहेको उहाँले बताउनु भयो ।
