सरकारको दस महिने कार्यकाल सफल भएको प्रधानमन्त्रीको दाबी

२२ पुष २०७५, आईतवार १५:२९

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ‌ओलीले सरकारको दस महिने कार्यकाल पूर्ण रुपमा सफल भएको दाबी गर्नु भएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा  सम्वोधन गदै प्रधानमन्त्री ओलीले  आफ्नो सरकारले गरेका उपलब्धिको  बारेमा प्रस्ट पार्नु भएको छ । उहाँले  पानीजहाजको टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा  लिएको बताउनु भयो ।