रोस्टम घेराउ गदै संसद बैठकमा काँग्रेस सांसदको नाराबाजी

२२ पुष २०७५, आईतवार १५:१५

काठमाडौँ । नेपाली काँग्रेसका सांसदहरुले संघीय संसदको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गरेलगत्तै काँग्रेस सांसदहरुले प्रश्नोत्तरको माग गर्दै आपत्ति जनाएपछि सभामुख कृष्णबहादुर महराले सिमित सांसदलाई प्रश्नोत्तरको समय दिनु भएको थियो ।  तर, काँग्रेस सांसदहरुले उक्त प्रस्ताव अस्वीकार गरेपछि सभामुख कृष्णबहादुर महराले शुन्य र विशेष समय रद्द गर्ने निर्णय गरेका थिए ।लगत्तै काँग्रेस सांसदहरु रोष्टम घेराउ गर्दै नाराबाजीमा उत्रिएका थिए ।बैठक हाललाई १५ मिनेटका लागि स्थगित भएको छ ।