सत्य, तथ्य पत्तालगाउन आयोग गठन

२१ पुष २०७५, शनिबार १३:००

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी खरीद प्रकरणको सम्बन्धमा सरकारले उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरेको  बताउनु भएको छ । 

नेपाल प्रेस सङ्गठन कास्कीद्वारा आयोजित पत्रकार भेटघाटमा उहाँले  सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले छानबिनको प्रतिवेदन मूलसमितिमा नपठाइ सार्वजनिक गर्नु बदनियत देखिएकाले सत्य तथ्य पता लगाउन आयोग गठन गरिएको बताउनु भयो । उहाँले  आयोगद्वारा तयार पारिएका प्रतिवेदनको आधारमा दोषी देखिएकामाथि सरकारले कारवाहीको प्रक्रिया अगाडि बढाउने बताउनु भयो ।  । रेशम चौधरीको शपथ ग्रहणको सम्बन्धमा उपप्रधानमन्त्री पोखरेलले फौजदारी अभियोग लागेपछि संसद् सदस्यता नरह्ने र कारवाही गर्ने तत्कालीन एमालेका सांसदले यसअघिको संसद्को छलफलमा अडान लिएको बताउनु भयो ।   जनताको मतबाट निर्वाचित भएपछि निर्वाचन आयोगले प्रमाणपत्र पाउने देखिएको उल्लेख गर्दै यी सबै विषयलाई ध्यानमा राखेर संसद्मा शपथ ग्रहण गराइएको  उहाँले बताउनु भयो ।