रेशम चौधरीले शपथ लिन मिल्दैनः अधिबक्ता अर्जुन कुमार अर्याल

१९ पुष २०७५, बिहीबार १५:३६

काठमाडौं । अधिबक्ता अर्जुन कुमार अर्यालले टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरीलाई सांसद पदको शपथ ग्रहण गराउन नमिल्ने बताउनु भएको छ । चौधरीलाई विहीबार शपथ गराउन लागेको सन्दर्भमा आयोखवर डटकम संग कुरा गदै अधिबक्ता अर्जुन कुमार अर्यालले भन्नु भयो , ‘निर्वाचित भएलगत्तै शपथ गराउन के कारणले मिलेको थिएन र, अहिले परिस्थितिमा के परिवर्तन आयो जसले गर्दा शपथ खुवाइँदैछ ?

कैलाली १ बाट निर्वाचित भए पनि अदालतमा मुद्दा विचाराधीन रहेकाले चौधरीलाई शपथ ग्रहण गराउन नमिल्ने उहाँको कानुनी तर्क छ । अर्यालले अदालती प्रक्रियाबाट छुट नपाएकाले शपथ गराउन नमिल्ने बताउनु भयो ।

अदालतबाट सफाई नपाएका ब्यक्तिले राजनीतिक हैसियत प्रयोग गर्न सक्तैन’, उहाँले भन्नु भयो , ‘हत्या अभियोग लागेको व्यक्तिले पहिला अदालतबाट सफाई पाएकै हुनुपर्छ ।’

अधिबक्ता अर्यालले गम्भीर फौजदारी अपराधको अभियोग लागेका व्यक्तिलाई संसदजस्तो गरिमामय निकायको शपथ खुवाउन नमिल्ने बताउनु भयो । संवैधानिक सर्वोच्चताको देश भएकाले कानूनले जे भन्छ त्यहीअनुसार काम गर्नुपर्ने उहाँको भनाई छ ।

‘राजनीतिक सहमतिका नाममा यस्तो गैरकानूनी काम गर्न मिल्ने संवैधानिक प्रावधान छैन’ अर्यालले भन्नु भयो । ‘कानून र संविधान अनुसार उहाँको शपथ गर्न मिल्दै मिल्दैन, अर्यालले जोड दिनु भयो ।