चिनी व्यवसायीहरुसँग छलफल गर्न तयार छुः मन्त्री यादव

१८ पुष २०७५, बुधबार १७:५१

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले चिनी उद्योग सञ्चालनका लागि उद्योगीहरुलाई आग्रह गर्नु भएको छ । । मन्त्री यादवले चिनी उद्योग सञ्चालनका लागि चिनी व्यवसायीहरुसँग आवश्यक छलफल गर्न सरकार तयार रहेको पनि स्पष्ट पार्नु भयो ।

बुधबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले चिनीको मूल्य बढाउने र उपभोक्तालाई मारमा पार्ने काम गरिरहेको भन्दै चिनी उद्योगीहरुप्रति असन्तुष्टि पनि व्यक्त गर्नु भयो । चिनी उद्योगीहरुले घाटामा जानुपरेको भन्दै पूर्वका चिनी उद्योगहरु बन्द गराएका छन् । चिनीको मूल्य जथाभावी बढाउने अनि त्यसो नगर्न भन्दा चिनी उद्योगीहरुले चिनी उद्योग बन्द गराएको मन्त्री यादवको आरोप छ ।मन्त्री यादवले चिनी र उखुको मूल्य २ दिनभित्र तोक्ने तयारी भईरहेको पनि समितिलाई जानकारी गराउनु भयो । उहाँले उद्योगीहरुकै सल्लाहमा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनीको आयातमा प्रतिबन्ध लगाएको पनि स्मरण गराउनु भयो ।