प्रधानन्यायाधीश जबराले सपथ लिनु भयो

१८ पुष २०७५, बुधबार ११:१५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा उहाँलाई सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायतको सहभागीता रहेको थियो ।

जबराले सर्वोच्च अदालत पुगेर आजै कार्यभार सम्हाल्नु हुने छ । कुनै बाधा अड्चन सिर्जना नभए जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहनु हुने छ ।

उहाँको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । सुनुवाई समितिमा जबराले कुनै बदनियत नराखेर कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।