कार्यदल सदस्यहरूलाई बालुवाटारमा निम्तो

१६ पुष २०७५, सोमबार ११:३७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदललाई बालुवाटार बोलाउनु भएको छ ।


शुक्रबार सकिएको स्थायी कमिटीको बैठकले एकीकरणको बाँकी काम टुंगो लगाउन ९ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कामका सन्दर्भमा आवश्यक निर्देशन दिन दिउँसो ३ बजे बालुवाटार बोलाइएको बुझिएको छ ।
पुस मसान्तभित्र एकीकरण प्रक्रिया सक्ने गरी नेकपाले गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, वर्षमान पुन रघुवीर महासेठ सदस्य रहनु भएको छ ।