काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु गुरुङ सुमदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को महाअभियान सुरु गरेको स्मरण गर्दै यो अभियानलाई सफल पार्न तमु समुदायले पूर्णरुपमा सहकार्य गर्ने विश्वास समेत व्यक्त गर्नु भएको छ ।
प्रधानमन्त्रीले नेपालको विविधतामा खेलेर द्वन्द्वको विजारोपण गर्ने तत्वहरु विगतमा धेरै सक्रिय भएको बताउँदै तर नेपालीहरु एकताले त्यस्ता तत्वहरुको प्रयास सफल हुन नसकेको उल्लेख गर्नु भएको छ ।
‘हामी लामो समय राजनीतिक हक अधिकार प्राप्तीको संघर्षम होमिनु पर्दा देशले विकासको गति लिन सकेन । जनताले अभाव,अशिक्षा र गरिबी भोग्नुप¥यो,’ प्रधानमन्त्रीले जारी गरेको सन्देशमा भनिएको छ ।