सल्यान,
गाउँपालिकामा पहिलोपटक बिधुत, स्थानिय उत्साहित ।
।
सल्यान जिल्लाको कुमाख गाउँपालिकामा बिधुत पुगेको छ । पहिलो पटक पुगेको बिधुत गाउपालिकाको वडा नं ४ को थदरा देखि स्यानिपिप्ली वडा नं ३ को मिलनचौक बाट कुमाख गाउँपालिकाको केन्द्र रागेचौरसम्म आज एक कार्यक्रमका बिच गाउँपालिकाका अध्यक्ष श्री दिलमाया बुढामगर(गिरी)ले बिधुतबत्ति बालेर उत्घाटन गर्नुभयो । उक्त उत्घाटन समारोहमा उपाध्यक्ष डिल्ली राज जैसी प्रमुख अथिती गुलाप जङ शाह बिशिस्ट अथिती हरि बुढाथोकी नेकपाका प्रदेश कमिटी सदस्य भिम प्रकाश शर्मा दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी ( अरुण),पुर्ब प्रधान मन्त्रीका स्वकिय सचिब रमेश मल्ल, र बिधुत प्राधिकरण सल्यान का प्रमुख अर्जुन पोख्रेल लगाएतले महत्वपूर्ण उपस्थिति जनाउनु भएको थियो । सोहि कार्यक्रममा जिल्लाबाट पाल्नु भएका पत्रकार महासंघकी उपाध्क्ष ,रेडियो तहल्का एफ एम का स्टेशन म्यानेजर,कुमाख साप्ताहिक पत्रिकाका सम्पादक ,इलाका प्रहरी कार्यलयका इन्चार्ज लिला राम चन्द लगाएत स्थानिय हरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा उपाध्यक्ष डिल्ली राज जैसीले स्वागत मन्तब्य राख्नु भएको थियो भने अध्यक्ष दिल माया बुढामगर (गिरी)ले आगामी दिनमा विधुतबाट लिनसकिने फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । सो सँगै उक्त गाउपालिका भित्र रहेका विध्यालयहरुका शिक्षक शिक्षिका एवम् विध्यार्थीहरुलाई विजुली आएपछि ईमेल इन्टरनेट जस्ता सञ्चार संयन्त्रहरु सहज रुपले चलाउन सकिने बिषयमा उल्लेख गनुभएको थियो र उक्त प्रविधिले विध्यार्थिहरुको शैक्षिक स्तरउन्नतीमा सकारात्मक टेवा पुग्ने जानकारी पनि गराउनु भएको थियो । सोहि समारोहमा गाउपालिकाका स्थानिय मिलन शर्माले वषौं देखिको आफनै घरमा बसेर टेलिभिजन मार्फत देश विदेशका समचारहरु हेर्न तथा सुन्न पाउने धोको पुरा हुने कुरामा खुसी ब्यक्त गर्नु भएको थियो । उक्त कार्यक्रमको संचालन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद अधिकारी ज्यूले गनुभएको थियो भने समापन कार्यक्रम अध्यक्ष दिलमाया बुढामगर गिरीले गर्नु भएको थियो ।
सम्वाददाता ६ नं. प्रदेश
