काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले अब चाँडै नै धरहराको टुप्पोबाट काठमाडौ हेर्न सकिने बिश्वास ब्यक्त गर्नु भएको छ २०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले परम्पराको झल्को दिने र आधुनिकता झल्कने किसिमको धरहरा बन्न लागेको जानकारी पनि दिनु भयो ।
‘धरहरा आउँदा पहिला जामको समस्या थियो अव त्यो समस्या पनि हुँदैन । धरहराको आफ्नै पार्किङको व्यवस्था समेत गरिन्छ’ धरहराको शिल्यान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रम ओलीले भन्नु भयो , २०७२ फागुनमा मैले मै बनाउँछु मेरो धरहरा भन्ने अभियान सुरु गरेको थिए तर त्यो अभियान प्रभावकारी हुन सकेन ।’ उहाँले सरकारले राम्रा काम गरिहरेको भन्दै राम्रा कामको सबैले सहयोग गर्नुपर्ने पनि बताउनु भयो ।निर्धारित समयमै धरहरा निर्माणको काम सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रधानमन्त्रीको भनाई थियो ।भत्किएको पुरानो धरहराको छेउमा पूजापाठ गरेर प्रधानमन्त्रीले इटा राखेर धरहराको शिलान्यास गर्नु भएको थियो । कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योगमन्त्री मात्रिका यादव, पर्यटनमनत्री रविन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो ।धरहरा बनाउन सरकारले २९ रोपनी क्षेत्रफल जमिन छुट्याएको छ । धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु थपिनेछन् । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ ।
