देउवाको चियापान, पौडेलको रात्रिभोज

१० पुष २०७५, मंगलवार ०९:४७

काठमाडौँ – कांग्रेस शीर्ष नेताहरुले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई बिदाइ भोज दिएका छन् ।

सभापति देउवाले सोमबार बिहान बूढानीलकण्ठस्थित निवासमा चियापानको आयोजना गरे । सो अवसरमा देउवाले केन्द्रीय नेताहरुलाई पनि तलबाटै निर्वाचित भएर आउने गरी वातावरण बनाउन वचन दिएका छन् ।यस्तै, नेता पौडेलले जिल्ला सभापति र महासमिति सदस्यहरुलाई सोमबार बेलुका रात्रिभोज दिए । योे समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

पत्रपत्रिकाबाट