मोटरसाइकल चोर पक्राउ

८ पुष २०७५, आईतवार १०:५१

पाँचथर । – मोटरसाइकल चोरीमा संलग्न एक युवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । फिदिम–४ गढी बस्ने २१ वर्षीय करन आले मगरलाई फिदिम–१ का सुमन राईको मोटरसाइकल चोरी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अभियुक्त मगरले गत ५ पुसमा फिदिम बजारको चौतारे लाइनमा पार्किङ गरिराखेको राईको को३६प १५०१ नम्बरको मोटरसाइकल चोरी गरेको बताइएको छ ।पार्किङ गरेको स्थानबाट रातको साढे ९ बजे मोटरसाइकल चोरी गरेको प्रहरीले बताएको छ । चोरीका अभियुक्त आले मगरलाई फिदिमबाट फालोट जाने बाटोमा मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।