एकाविहानै भूकम्पको धक्का, काठमाडौं उपत्यकामा पनि हल्लायो

८ पुष २०७५, आईतवार ०९:४८

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर आज विहान भूकम्प गएको छ । बिहान पाँच बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सो भूकम्प ४ दशमलव ७ म्याग्निच्युटको थियो । यो भूकम्प १२ वैशाख २०७२ को भूकम्पको परकम्प नभई भूकम्प नै भएको केन्द्रले जनाएको छ ।भूकम्पको धक्का काठमाडौं उपत्यका, दोलखामा समेत महसुस भएको थियो ।