काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।
विगत केही दिनयता पोखरमा बस्दै आएका पूर्व राजा ज्ञानेन्द्र शाह र अध्यक्ष थापाबीच शुक्रबार बिहान नौ बजेदेखि सवा दश बजेसम्म भेटवार्ता भएको बताइएको छ ।

![]()

शाह र थापाबीच पोखराको माउन्ट ग्लोरी रिर्सोटमा भेटवार्ता भएको हो । स्रोतका अनुसार भेटमा पूर्व राजा शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र घटनाक्रमहरुका बारेमा अध्यक्ष थापासँग चासो राखेका थिए । त्यस्तै उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीचको एकता प्रयासका बारेमा भइरहेको प्रगतिबारे समेत सोधेका थिए ।थापा र शाहबीचको यो भेटवार्ता राजनीतिक रुपमा अर्थपूर्ण रहेको छ ।
