कांग्रेसमा पदाधिकारी विवाद मिल्यो

६ पुष २०७५, शुक्रबार १२:४३

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने भएको छ । लामो रस्साकस्सीपछि शीर्ष नेताहरुले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् ।

अब उपसभाति, महामन्त्री २ । २ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् ।१३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।यसअघि उपसभाति, महामन्त्री र सहमहामन्त्री २ ।२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए । बिहीबार उनले उपसभापति र महामन्त्री एक(एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाा सहमति जुटेको छ ।