रुपन्देही जिल्लालाई भोली खुला दिसामुक्त घोषणा गरिने

५ पुष २०७५, बिहीबार १५:००

बुटवल । रुपन्देही जिल्लाका १ लाख ६३ हजार ८ सय ६३ घरधुरीमा शौचालय निर्माण भएसँगै ११ वर्षअघि सुरु भएको अभियानले पूर्णता पाउने भएको छ । जिल्लालाई शुक्रबार ।

लुम्बिनीमा एक कार्यक्रम आयोजना गरी प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नेछन् ।प्रदेश ५ का जिल्लाहरुमा प्युठान पहिलो पटक खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो ।रुपन्देही देशका ७७ जिल्लामा खुल्ला दिसामुक्त हुने ६१ औं जिल्ला हो ।रुपन्देहीमा ०६४ सालदेखि सरसफाइ अभियान चले पनि पहिलो पटक ०६७ माघ १५ मा साविकको शंकरनगर गाविस खुल्ला दिसामुक्त क्षेत्र भएको थियो भने सबैभन्दा पछि ०७४ चैत्र १९ मा लुम्बिनी साँस्कृतिक नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको थियो ।