मन्त्रिपरिषद् पुनर्गठन गर्नु पर्छः पन्त

४ पुष २०७५, बुधबार १५:२४

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छबुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए। ुसरकारको गतिशीलता देखिएन। मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छु, उनले भने, ुयो सरकारले जुन तरिकाले जनतालाई सर्भ गर्नसक्नुपर्थ्यो, त्यो सकेन। सक्षमहरुलाई राखेर अक्षमहरुलाई हटाउनुपर्‍यो। मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नुपर्‍यो।

पन्तले विधान स्थायी समितिले भनेको भन्दा विपरित आएको भन्दै आपत्ति जनाए। ुराजनीतिक र सांगठनिक निर्णय अधिकार लियो, त्यो उसले लिन मिल्दैन। स्थायी कमिटीमा फिर्ता हुनुहुँदैनु, उनले भने।चीनसँग भएका सन्धीहरुलाई अविलम्ब कार्यान्वयन गर्न उनले माग गरे। उनले सातै प्रदेशलाई छुने गरेर उत्तर दक्षिण राजमार्ग बनाउन प्रस्ताव समेत गरे।एसिया फ्यासिफिक समिटमा नेताहरुको सहभागिताको विषयमा पनि उनले कुरा उठाएका थिए। ुनेताहरुले आत्मालोचना गर्नुपर्छु, उनले भने।

उनले एक व्यक्ति एक पदको कुरा लागू गर्नुपर्ने बताए। ुविधानमै मुख्य जिम्मेवारी एउटा मात्रै लिने भनिसकेपछि मुख्यमन्त्री भइसकेपछि प्रदेशको इन्चार्जको जिम्मेवारी लिनुहुँदैन। या त मुख्यमन्त्रीको जिम्मेवारी लिनुहुँदैनु, उनले भने, ुदुइटै जिम्मेवारी लिनुहुँदैन। मापदण्ड अनुसारको प्रदेश कमिटी बनाउनुपर्छ।ुपन्तले नेताहरुले गोजीबाट नाम झिकेर प्रदेश कमिटी बनाएको भन्दै विरोध गरे।