देशले निष्ठावान राष्ट्रवादी नेता गुमायोः थापा

३ पुष २०७५, मंगलवार ११:२५

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।थापा पार्टी कार्यक्रमको सिलसिलामा पश्चिम नेपालका जिल्लाहरुमा छन् । मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टीको एक कार्यक्रम छोट्याएर थापा काठमाडौं फर्किंदै छन् ।