दिनभर मौसम खुल्ने सम्भावना छैन

१९ मंसिर २०७५, बुधबार १०:०२

काठमाडौं

उपत्यकासहित देशभरको मौसम बद्ली भएको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बद्ली भएको मौसमविद्ले बताएका छन् ।मौसमविद् विभूति पोख्रेलका अनुसार बुधबार दिनभर मौसम खुल्ने सम्भावना छैन ।

आज राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्ने सम्भावना रहेको पनि मौसमविद् पोख्रेलले बताए ।अबको एक दुई दिनको मौसम यस्तै हुने पनि उनले बताए । काठमाडौं उपत्यकाको बुधबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।