नेपाल बङ्गलादेश ऊर्जा संयन्त्रको पहिलो बैठक आज

१७ मंसिर २०७५, सोमबार ११:१२

काठमाडौं
नेपाल र बङ्गलादेशबीचको ऊर्जा संयन्त्रको पहिलो बैठक सोमबारदेखि राजधानीमा सुरु हुने भएको छ ।बङ्गलादेशसँग ऊर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको बैठक काठमाडौँमा बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

बैठक सोमबार मङ्गलबार दुई दिनसम्म चल्नेछ । नेपाल–बङ्गलादेशबीचको ‘ संयुक्त कार्य समूह’को बैठक आयोजना गरिएको छ । बैठकमा सहभागी हुनका लागि बङ्गलादेशको ऊर्जा मन्त्रालयका ऊर्जा विभाग हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज  आइपुगेका छन ।

नेपालकोतर्फबाट भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायले बैठकमा नेतृत्व गर्नेछन । बैठकमा नेपालकोतर्फबाट सहसचिव दिनेश घिमिरे र बङ्गलादेशकोतर्फबाट ऊर्जा विभागका सहसचिव शेख फैजुल अमिनले बैठकको नेतृत्व गर्ने छन ।