काठमाडौं
आएतबार भएको पाँचौं चरणको खेलमा फ्रेण्ड्सले मच्छिन्द्र क्लबलाई ३–० ले हरायो । फ्रेण्ड्सको जितमा विदेशी खेलाडी फोफाना ब्राहिमान, संजोग महर्जन र अनिल महर्जनले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बनेको खेलको सबै गोल अन्तिम ३० मिनेटमा भएका थिए । ६५औं मिनेटमा ब्राहिमानले गोल गर्दै फ्रेण्ड्सलाई अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए ।८४औं मिनेटमा संजोग महर्जनको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि फ्रेण्ड्सले अग्रता २–० मा लम्ब्यायो । इन्ज्युरी समयको पाँचौं मिनेटमा अनिल महर्जनले गोल गरेपछि फ्रेण्ड्सले लिगमा पहिलो जित हात पारेको हो ।
अघिल्लो चार खेलमा तीन पराजय र एक बराबरीको नतिजा निकालेको फ्रेण्ड्सले तालिकामा चार अंक जोडेको छ । मच्छिन्द्र भने अझै पनि जितविहीन छ । उसले दुई खेल बराबरी खेल्दै २ अंक जोडेको छ ।
