‘ए’ डिभिजन लिग पाँचौ चरणका खेल आजबाट शुरु, मनाङ शीर्ष स्थानमा

१४ मंसिर २०७५, शुक्रबार १०:१९

काठमाडौं ।

साविक विजेता टोली मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार ९आज० देखि पाँचौ चरणका खेल शुरु हुदैछन् । अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा आज २ खेलमा ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बिहान ११ बजे हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी ले विभागिय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दैछ । दुवै टोलीले यसअघि चार खेल खेलिसकेका छन् । जसमा नेपाल पुलिस क्लबले दुुई खेलमा जित एकमा हार र एकमा बराबरी खेल्दै लिगको अंक तालिकामा छैठौं स्थानमा रहँदै ७ अंक बनाएको

पुलिसको सामना गर्न लागेको एनआरटी लिगको पुुछारमा रहेको छ । एनआरटीले लिगको पहिलो खेलमा बराबरी खेल्नुुबाहेक अरु तीन खेलमा लगातार हार बेहोरेको छ । चार खेल खेलेको एनआरटीले लिगमा १ अंक मात्रै बनाउन सकेको छ ।चौथो चरणका खेल सकिँदा प्रशिक्षकहरुले पाँचौ चरणका खेलको लागि राम्रो तयारी गर्दै मैदान उत्रिने बताएका छन् ।

आजै, साढे २ बजे हु्ने अर्को खेलमा लिगको ट्रफी दाबेदार टिमका रुपमा हेरिएको थ्री स्टार क्लब र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् । चार चरणका खेल सकिँदा नवौं स्थानमा रहेको एपीएफ क्लबले लिगको शीर्ष चार स्थानमा रहेको थ्री स्टार क्लबको सामना गर्दैछ ।

चार खेलमध्ये लिगको तेस्रो खेलमा मनाङ–मर्स्याङ्दी क्लबसँग पराजित भएपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले हरेक खेलमा आफ्नो टिमले शत प्रतिशत क्षमता लगाएर खेल्ने बताएका थिए । तेस्रो खेलमा पराजित थ्री स्टारले लिगमा आफ्नो चौथो खेलमा एनआरटीलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

एपीएफले लिगको पहिलो खेलमा हिमालयन शेर्पासँग बराबरी खेलेको थियो दोस्रो खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले पराजित गरेको थियो । भने तेस्रो र ब्रिगेड व्वाइज क्लबसँग ३—१ गेल अन्तरले पराजित भएको थियो भने चौथो खेलमा मनाङ मर्स्याङ्दी क्लबसँग २–१ गेल अन्तरले पराजित भएको थियो ।लिगको शीर्ष स्थानमा मनाङ–मस्र्याङ्दी क्लब १२ अंकसहित रहेको छ भने त्रिभुवन आर्मी क्लब १० अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा १० अंकसहित हिमालयन शेर्पा क्लब रहेको भने चौथो स्थानमा थ्रीस्टार क्लब ९ अंक छ ।