टुकी बत्तीमा जलेर बालिकाको मृत्यु

१३ मंसिर २०७५, बिहीबार १३:१६

विराटनगर

मोरङको बेलबारी नगरपालिका–७ बाहुनीमा टुकी बत्तीमा जलेर एक बालिकाको मृत्यु भएको छ। नवल किशोर चौधरीको ३ वर्षीया छोरीको टुकी बत्तीमा जलेर मृत्यु भएको होे।

बुधबार साँझ खेल्ने क्रममा उनी बत्तीमा डढेर गम्भीर घाइते भएकी थिइन्।धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति साढे एक बजे बालिकाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।