काठमाडौं ।
सरकारले एक गैरसरकारी संस्थाले गर्न लागेको कार्यक्रमका लागि आउने विदेशी पाहुनाको आवागमनलाई लक्षित गरी सवारी सञ्चालनमा जोर बिजोर प्रणाली लगाएको छ । बिहीबार बिजोर नम्बर प्लेटका सवारी चलेका छन् । यसबाट यात्रुले चरम सास्ती भोगेका छन् । सडकमा गाडी कुरिरहेका यात्रुको भीड बाक्लो छ । तर, सरकारी अधिकारीले यसलाई बेवास्ता गरेका छन् ।

घन्टौं कुर्दा पनि गाडी नपाएपछि यात्रुहरुले सरकारको जोर(बिजोर लगाउने कदमको आलोचना गरेका छन् ।काठमाडौंमा बिहीबार नम्बर प्लेटमा अन्तिम अंक जोर भएका सबै सवारीलाई रोकिएको छ । जोर नम्बरको प्लेट भएका सवारी रोकिँदा निजी सवारी धनी पनि सार्वजनिक सवारी चढ्न बाध्य छन् । यसले गर्दा सार्वजनिक सवारीमा उच्च चाप छ । तर, सरकारले यसको व्यवस्थापनका लागि कुनै पहल र प्रयास गरेको छैन ।
महानगरी ट्राफिक प्हरी महाशाखाका अनुसार आज जोरबिजोर लागेकाले ट्राफिक जामको समस्या निकै कम छ । तर, नागरिकले सस्ती पाएको विषयमा सोध्दा महाशाखाका अधिकारी गृह मन्त्रालयको निर्णय भएकाले आफूहरुले नागरिकको सास्ती निरीह भएर हेर्न मात्रै सक्ने जवाफ दिन्छन् । ट्यक्सीहरुले यात्रुको बिजोग भएको मकौका बनाएर नियमित उठाउने भन्दा दोब्बर असुलिरहेका छन् । तर, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले त्यसतर्फ ध्यान दिएको छ ।
