कपिलवस्तु –
सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ ।

कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर सीमा नाकाबाट के।आई। नेपालले उद्धार गरेको हो । उद्धार गरिएका युवतीहरु रुपन्देही, कपिलवस्तु र सिन्धुपाल्चोक जिल्लाका रहेको के।आई।नेपाललका संयोजक केशर विश्वकर्माले बताए । उनीहरुलाई लैजाने दलालको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
