बर्तमान सरकार निरंकुशताको बाटो तर्फ उन्मुखः सांसद देबप्रसाद तिमलसिना

११ मंसिर २०७५, मंगलवार १६:०९

नेपाली कांग्रेसका नेता तथा सांसद देबप्रसाद तिमलसिनाले बर्तमान सरकार निरंकुशताको बाटो तर्फ उन्मुख भएको बताएका छन । संचारकर्मी संग कुरा गदै सांसद तिमलसिनाले सरकारको ९ महिनाको कार्यकाल असफल भएको दाबी गरेका छन । चुनावमा बांडेको झुटको खेतीले सरकार असफल भएको उनले बताए।

सांसद तिमलसिनाले सरकारले ९ महिना ब्यर्थैमा बिताएको भन्दै सरकारका गलत गतिबिधिप्रति असन्तुष्टि ब्यक्त गरे ।कांग्रेसको नेतृत्व अहिले बलियो बन्दै गएको भन्दै सांसद तिमलसिनाले पार्टीले यो पटक हार ब्यहोर्दैमा कांग्रेसका कुनै नेता कार्यकर्ता निराश नभएको बताए ।