बीजेपीकी एक मात्र मुस्लिम उम्मेदवार

११ मंसिर २०७५, मंगलवार १५:१७

बीबीसी ।

मध्य प्रदेशमा भारतीय जनता पार्टीले २३० सीटका लागि उम्मेदवारी दिइसकेको छ जसमध्ये भोपालको एक सीटमा सबैको चासो बढेको छ । किनकी यो एउटा मात्र सीट हो जहाँ पार्टीले मुस्लिम महिलालाई उम्मेदवार उठाएको छ ।  फातिमा रसूल सिद्दिकी ।

फातिमाको उम्मेदवारीले बीजेपीका लागि मात्र नभई फातिमाको लागि पनि उनको उम्मेदवारी नाकको लडाई जस्तै भएको छ । फातिमा सिद्दकीका लागि यो चुनाव पिताको हारको बदलाको लडाई पनि हो ।यस क्षेत्रबाट शेर ए भोपाल भनिने रसूल अहमद सिद्दकी कांग्रेसको विधायक पनि भएका थिए र उनी मन्त्री पनि बनेका थिए । तर १९९३ मा आरिफ अकीलको कारण उनले हार बेहोर्नुपयो । सन् १९९३ मा फातिमाका पिताले कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए भने बीजेपीको तर्फबाट रमेश शर्मा र जनता दलबाट अंकील चुनावी मैदानमा उत्रिएका थिए । उक्त चुनावमा अंकीलको कारण कांग्रेसको भोट बाँडिएको थियो जसको सीधा फाइदा बीजेपीलाई भयो र रमेश शर्माले चुनाव जिते ।

त्यस चुनावको २५ वर्षपछि बीजेपीले आरिफ अंकीललाई टक्कर दिनको लागि रसूल अहमद सिद्दकीकी छोरी फातिमा रसूल सिद्दकीलाई मैदानमा उतारेको छ । यो क्षेत्र कांग्रेसको पकड रहेको क्षेत्र भएको र आरिफ पाँच पटकसम्म विधायक भएकाले यो लडाई त्यति सहज छैन ।फातिमाका पिता कांग्रेसको तर्फबाट मुख्यमन्त्री पदका प्रबल दावेदार मानिएका सिन्धियाका निकै करिबी व्यक्ति थिए । तर किन फातिमाले कांग्रेसको साथ छोडेर बीजेपीका हात थामिन् त फेरि पार्टीले जो कोहि अल्पसंख्यकलाई उम्मेदवार बनाउन सक्थ्यो तर किन फातिमालाई नै चुन्यो त यस्ता सवालहरु बीजेपीमाथि खडा भएका छन् ।

राजनीतिका यस्ता सवालका जवाफका लागि सबैभन्दा पहिले उत्तरी भोपालको सीटको बारेमा बुझ्न जरुरी छ । उत्तरी भोपाल वा उत्तर भोपाल क्षेत्र मुस्लिमहरुको बाहुल्यता भएको क्षेत्र हो । यसकारण मुस्लिम उम्मेदवार बनाउनु उचित मानिए पनि फातिमाले बीजेपी प्रवेश गरेको केही घण्टामै उनलाई उम्मेदवार बनाइएको कारणले प्रश्न उब्जिएको हो ।फातिमालाई यसका कुनै आश्चर्य नलागेको भन्दै उनले भनिन्, ‘यो साँचो हो कि म यो भन्दा पहिले कुनै पार्टीमा आबद्ध थिइनँ । यो मेरो पहिलो पार्टी हो तर मलाई यसमा कुनै अनौठो लागेको छैन । पार्टीलाई म युवा भएको र नयाँ काम गर्न चाहेकोले मलाई उम्मेदवार बनाएको हो ।’

कांग्रेस पार्टीसँग सम्पर्क धेरै वर्षसम्म रहेको थियो । कांंग्रेस नेता आला कमानसँग खास मानिएकी उनले त्यस पार्टीलाई किन चुनिनन् वा कांग्रेसले उनलाई किन भरोषा गरेन तर फातिमाले उनको विचार उनको पितासँग मिल्ने भन्दै पिता कांग्रेसी थिए तर अब त्यो कांग्रेस नरहेको जिकिर गरिन् ।फातिमा भन्छिन्, ‘न अब त्यो कांग्रेस रह्यो न कांग्रेसका ती व्यक्तिहरु नै रहे । पुरानो समय अलग थियो तर अब कांग्रेस धेरै बदलिइसक्यो । मुख्यमन्त्री शिवराज सिंह चौहानमा त्यो खुवी देखिएको छ जो मेरो पिताले मलाई दिनुभएको थियो ।’

उनी हरेक भाषणमा गंगा–जमुनाको सभ्यताको बयान गर्दै हिन्दु–मुस्लिमको नाममा राजनीतिक फाइदा उठाइएको बताउँछिन् । तर उनका कुराहर भ्रम छर्ने खालमा पनि हुन्छन् । उनी आफू कांग्रेसमा जान चाहेको तर कुनै पनि सकारात्मक प्रतिक्रिया नपाएको बताउँछिन् । उनले कांग्रेसले उनको बुवाले गरेको परिश्रमलाई कांग्रेसले बेवास्ता गरेको भन्दै, ‘मेरो बुबाले यो क्षेत्रको लागि जति भलाईका काम गर्नुभयो त्यो सबै यहाँका क्षेत्रका जनताले आजपनि उत्तिकै याद गर्छन् तर कांग्रेसले उहाँको काम, सेवालाई भुल्दै गयो । जुन वास्तवमै गलत कुरा हो ।’

उनी उत्तर भोपाललगायत भोपाल क्षेत्रमा शान्ति ल्याउन चाहेको बताउँदै आएकी छिन् । पिताको नाममा टेकेर चुनावी यात्रा सुरु गरेकी फातिमा बंशवादको राजनीतिको विरोध गर्छिन् र विपरित पार्टीमा रहेर त्यसको विरोध गरिरहेकी छिन् । उनले आफूलाई बीजेपीले उनलाई कांग्रेस नेताकी छोरी भएर नभइ युवा उम्मेदवार भएकाले टिकट दिएको दाबी गर्छिन् ।तर जुन क्षेत्रमा फातिमा आफ्नो जित सुनिश्चित भएको बताउँदै आएकी छिन् भने उक्त क्षेत्र कांग्रेस उम्मेदवार आरिफ अंकीलको पकड रहेको क्षेत्र हो । सन् २०१३ मा भएको विधानसभाको चुनावमा उनले बीजेपीलाई करीब आठ हजार मत अन्तरले पराजित गरेका थिए ।