राष्ट्रिय एकता नै अहिलेको आवश्यकता –हरिचरण साह

११ मंसिर २०७५, मंगलवार १०:१९

काठमाडौं, नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले नयाँ संविधान जारी भएपछि गणतन्त्र, धर्म निरपेक्षता, संघीयताको सुनिश्चितता भएको बताएका छन । उनले अझै पनि मधेसी, आदीबासी जनजाति, दलितले उठाएका मागहरुलाई सम्बोधन गर्न सकिएमा नेपालको संविधान बिश्वको सर्वश्रेष्ठ संविधान हुने उनले बताएका छन ।

हामीले संविधानमा पूर्ण समानुपतिक निर्वाचन प्रणालीको बिषयमा आवज उठाएका थियौ अहिले ४० प्रतिसत मात्रमा ल्याईएको छ । यसलाई पूर्ण बनाउनु पर्छ भन्ने हाम्रो भनाई रहेको छ ।संविधान निर्माणताका जनता दलको धारण अनुसार गएको भए अहिले मधेसको आन्दोलन नै हुने थिएन । मधेसमा हाम्रो पाटीले दुई प्रदेश भनेका थियौ यो हुन सकेन यसैको परिणाम हामीले तराई आन्दोलन भोग्नु परेको उनको भनाई छ ।

हामीले राज्यको तीनवटै अंगमा समानुपातिक प्रतिनिधित्वको ब्यवस्था हुनु पर्ने, सबैलाई सामाजिक न्यायको हक प्राप्त हुनु पर्ने कुरो अघि सारेका थियौ जसको परिणम नै मधेस आन्दोलन भएको साहको तर्क रहेको छ ।

मधेस आन्दोलमा ५९ जना सहिद भएका छन । यसरी मान्छे मर्नु हुदैनथ्यो । यसको कारण सिंगो देश नै अशानित भयो । र संविधान पनि पूर्ण आएन । अहिले संविधान संशोधनको कुरा भईरहेको छ । उनका अनुसार मधेसमा चुरे डाँडादेखि पश्चिम भारतको सीमासम्म मेचीदेखि महाकालीसम्म दुईवटा वा तीन वटा प्रदेश बनाउदा पनि हुने तर्क उनले राखेका थिए तर त्यस अनुरुप हुन सकेन यसका लागि सीमांकनको नकसा बनाएर नै हामीले संशोधनका लागि दर्ता गराएका थियो । यस्ता धेरै समस्याहरु भएको र जति छिट्ट समाधान उतीनै छिट्टो संविधान कार्यान्वयन हुने उनको भनाई छ ।