राजनीति आगलागी पीडितलाई नगरपालिकाको ४८ लाख सहयोग

११ मंसिर २०७५, मंगलवार ०८:५३

बाग्लुङ

ढोरपाटन नगरपालिका–९ का आगलागी पीडितलाई नगरपालिकाले घर निर्माणका लागि ४८ लाख रुपैयाँ सहयोग दिने भएको छ। गत आइतवार आगलागीबाट नष्ट भएका ३० घरको पुनर्निर्माण गर्न सहयोग गर्ने घोषणा गरेको नगर प्रमुख देवकुमार नेपालीले बताए।

 

पीडित परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले सहयोग गर्ने नगरले घोषाणा गरेको हो। घर पुनः निर्माणका लागि जस्तापाता नगर प्रमुख नेपालीले व्यक्तिगत खर्चमा सहयोग गर्ने भएका छन्। नगरपालिकाले सहयोग गरेको रकमबाट अन्य संरचना बनाउन आग्रह गर्ने र छानाका लागि व्यक्तिगत खर्चमा जस्तापाता उपलब्ध गराउने नगर प्रमुख नेपालीले बताए।

नगरपालिकाकातर्फबाट भूकम्प प्रतिरोधी एक तले, दुई कोठे शौचालयसहितको एकै प्रकारको घर निर्माण गर्ने योजना छ। आगलागी भएको स्थान वडा नं। ९ भए पन ित्यहाँ वडा नं। ८ र ९ का नागरिकको सरोकार रहेकाले दुवै वडालाई जिम्मेवारी लिएर काम गर्न नगरपालिकाले निर्देशन दिएको छ। ‘दुवै वडाअध्यक्षहरुलाई तत्काल पुनः निर्माणको काम थाल्नुस् भनेको छु,’ नगरप्रमुख नेपालीले भने, ‘नगरपालिकाकै अगुवाइमा जलेका घरको पुनः निर्माण हुनेछ।