काठमाडौं–बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा धेरै ब्याज दिन थालेपछि मुद्दती खातामा निक्षेप जम्मा गर्नेहरु बढ्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकको प्रतिवेदनले बैंक तथा वित्तिय संस्थामा भएको ४६।२ प्रतिशत रकम मुद्दती निक्षेपमै रहेको बताएको छ । यो चालु आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांक हो । गत वर्षको यसै अवधिमा ४२।५ प्रतिशत यस्तो रकम थियो ।
यस्तै बचत खातामा ३५ प्रतिशत रकम छ भने चल्ती खातामा ८ प्रतिशत रकम छ । र, अन्यमा १०।९ प्रतिशत रकम छ । यद्यपि कुल निक्षेपमा संस्थागत निक्षेपको अंक ४३।८ प्रतिशत रहेको छ । असोजसम्ममा बैंक तथा वित्तिय संस्थामा २९ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ निक्षेप रहेको छ । चालु आवको तीन महिनामा निक्षेप ७५ अर्बले बढेको छ ।
