बिकासको आधार कृषि र पर्यटन

१० मंसिर २०७५, सोमबार ११:१०

नेत्र बहादुर लिम्बु

हाम्रो देशका अधिकाशं युवाहरु बेरोजगारी समस्याले पिरल्लिरहेका छन । यो नै हाम्रो देशको ठूलो समस्या हो । कृषि र पर्यटन क्षेत्रलाई ब्यवस्थित गरी रोजगार सिर्जना गर्न सकिन्छ । सरकारले यो बारेमा ध्यान दिन जरुरी छ । यो क्षेत्रमा जनशक्तिको अभाव पनि छैन । किन भने युवाहरुलाई देश भित्र काम गर्नु पर्छ भन्र्ने चेतना सरकारले जगाउनु पर्छ, कृषि क्षेत्रलाई वैज्ञानिक ढंगले बिस्तार गर्नु पर्ने जरुरी देखिएको छ । नेपाल कृषिप्रधान देश हो भनेर हामीले भन्र्ने गछौ । तर हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौ । यो ठूलो समस्या हो । अब कृषि क्षेत्रलाई आकर्षणको क्षेत्र बनाउन सक्नु पर्छ । त्यसो भयो भने मात्र देशको बिकास र समृद्दिले गति लिन सक्छ । मान्छेहरुले काम पाउन नसक्नु नै बेरोजगारी हो । देशको ठूलो र महत्वपूर्ण युवाशक्ति अहिले बेरोजगारीको समस्या भोग्न विवश छन् ।

देशमा सुशासन कायम हुँदा मात्रै रोजगारी सिर्जना गर्न सकिन्छ । रोजगारी सिर्जना गर्नका लागि स्थिर सरकारको आबश्यकता हुन्छ । त्यो स्थिर सरकार अहिले हाम्रो सामु छ । तर काम गर्न सकेको छैन । , दीर्घकालीन सोच र नीति नियम बनाए स्वदेशमा युवालाई आकर्षित गर्न सकिन्छ ।हाम्रो देशको सन्दर्भलाई हेर्ने हो भने शिक्षित, अर्धशिक्षित र अशिक्षित तीनै प्रकारका मानिहरू स्वदेशमा रोजगारीको अभाव भएकै कारणले बिदेसिन बाध्य भएका छन । हाम्रो देशको शिक्षा गरिखाने खालको नहुदाँ नै यो समस्या आएको हो । हाम्रो देशमा बेरोजगार युवा जनशक्तिको उपयोग तथा सदुपयोग गर्ने कुनै नीति योजना र सुनिश्चितता देखिन्न । बर्सेनि नेपाली श्रम बजारमा ५÷६ लाख युवा श्रमका लागि तयार हुन्छन् । स्वदेशमा १० प्रतिशत पनि खपत हुने अवस्था देखिँदैन । अनि कसरी नेपाली श्रमबजार श्रमिकका लागि आकर्षक हुन्छ त ? अर्को समस्या भनेको नेपालीमा स्वदेशमा सानो काम अथवा कम पारिश्रमिक पाइने काम गर्न लजाउने प्रवृत्तिले पनि बेरोजगारी बढेको होे ।हाम्रो मुख्य रोजगारी प्राप्त गर्न सकिने क्षेत्र भनेकै कृषि र पर्यटन हो ।

वैज्ञानिक कृषि क्षेत्रलाई आकर्षणको क्षेत्र बनाउन जरुरी देखिएको छ । पर्यटन क्षेत्र पनि रोजगारीको बाटो हो । यसको बिकास गर्नु आजको आबश्यकता हो । नयाँनयाँ पर्यटकीय स्थलको खोजी गदै जानु पर्छ । भएका पर्यटक स्थलमा पनि सेवा सुविधा उपलब्ध गराउने, काम गर्नु पर्छ । पर्यटकको सुरक्षाको प्रत्याभूति पूर्ण रुपले गराउनु पर्छ । अनि पर्याप्त मात्रमा पर्यटक स्थलको प्रचारप्रसार गदै जानु पर्छ । ७२ सालको भूकम्पका कारणले क्षतिग्रस्त सम्पदास्थल र अन्य पर्यटकीय क्षेत्रमा पु¥याएको भौतिक क्षतिका कारण पनि पर्यटन व्यवसाय पछाडि पर्न गएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पर्यटन क्षेत्रले ४ लाख ८७ हजार ५ सय प्रत्यक्ष र १० लाख ५९ हजार अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । सम्भावनाहरू बोकेको नेपाली पर्यटनबाट अवसरहरू सिर्जना गर्न आन्तरिक पर्यटनको पनि उत्तिकै प्रवद्र्धन गर्नु जरुरी छ ।