बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१० मंसिर २०७५, सोमबार ०८:५९

कञ्चनपुर

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसीमा बसले मोटरसाइललाई ठक्कर दिँदा मोटरसाइकलमा सवारको एक जनाको आइतबार साँझ मृत्यु भएको छ।

से ४ प ८१८८ नम्बरको मोटरसाइकलमा सवार बेलौरी नगरपालिका–९ भुडाका अन्दाजी २७ वर्षीय श्रवण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बताए।चौधरीको महाकाली अञ्चल अस्पतालतर्फ ल्याउने क्रममा मृत्यु भएको हो। ठक्कर दिने बसको पहिचान गर्ने कार्य भइरहेको उनले बताए।

चौधरी महेन्द्रनगर बजारबाट घरतर्फ मोटरसाइकलमा आउँदै गरेका बेला विपरीत दिशातर्फबाट आएको बसले ठक्कर दिएको हो। मृतकको शव महाकाली अञ्चल अस्पतालमा राखिएको छ।उना महोत्तरीको रामगोपालपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ।

रामगोपालपुर नगरपालिका वडा ७ टिकुलिया स्थित मोटरसाइकल एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको हो। ना२३प।९२६६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आईरहेको ज४प ८५७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँक्दा मोटरसाइकलमा सवार औरही गरपालिका वडा नं। १ बस्ने गजेन्द्र चौधरीको पत्नी ओमकला देवी लाई जनकपुर अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाण्डौं लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ।

इप्रका रामगोपालपुरका असई देवेन्द्र गिरीले मोटरसाइकल ठक्कर दिने सुक बहादुर लामालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाइएको बताए।