विमान खरिद प्रक्रियामा कंसाकार द्दवारा कुनै अनियममितता नभएको दाबी

९ मंसिर २०७५, आईतवार १५:४४

काठमाडौं– नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगरत्न कंसाकारले वाइडबडी विमान खरिद प्रक्रियामा कुनै अनियममितता नभएको दाबी गरेका छन् ।

 

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा कंसाकारले सरकारी स्वामित्वको कम्पनी भएकै कारण विमान खरिद प्रक्रियामा झमेला भएको दाबी गरेका हुन ।

‘टेन्डरिङ प्रक्रियाबाट वाइडबडी आएको छ’ समितिको बैठकमा उनले भने, ‘प्राइभेट सेक्टरको भएको भए यति ठूलो झमेला हुँदैहुँदैनथ्यो । सरकारी भएर झमेला भयो ।’

सार्वजनिक खरिद ऐन र निगमको विनियामवली अनुसार नै विमान गरिद गरिएको पनि उनले बताए । तर यसअघि महालेखा परीक्षकको प्रतिवेदनमा मूल्य र खरिद प्रक्रियाबारे प्रश्न उठाइएको थियो ।

यस्तै पर्यटन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले पनि विमान खरिद प्रक्रियाका फेहरिस्त समितिको बैठकमा प्रस्तुत गरेका थिए ।