राजपामा कुनै गुट र विवाद नभएको संयोजक महतोको दाबी

९ मंसिर २०७५, आईतवार ११:३७

जनकपुरधाम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पार्टीमा कुनै किसिमको गुट, उपगुट र वादविवाद नरहेको बताएका छन्। मधेश र मधेशीको हित तथा भावनाको कदर नगर्ने षड्यन्त्रकारीले पार्टी फुटाउन लागेको भनेर बदनाम गराउने षडयन्त्र भइरहेको तर आफूहरूबीच कुनै गुट र विवाद नभएको बताएका हुन्।

शनिबार जनकपुरमा विद्यापति ट्रष्टद्वारा आयोजित विद्यापति स्मृति पर्वको समापन समारोहमा सम्बोधन गर्दै संयोजक महतोले आफू पूर्व अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरको स्वयं हस्ताक्षरित तथा बहुमतबाट चक्रिय प्रणाली अनुसार अध्यक्ष मण्डलको संयोजकको रुपमा निर्वाचित भएको समेत दोहोर्याए।