विद्यार्थीहरुलाई घर फर्काएर शिक्षकहरु मन्त्रालय घेराउमा

७ मंसिर २०७५, शुक्रबार १२:५६

बुटवल ।

आन्दोलनरत नेपाल शिक्षक महासंघले प्रदेश नम्बरको अस्थायी राजधानी बुटवलमा विरोध प्रदर्शन सहित सामाजिक विकास मन्त्रालय घेराउ गरेको छ ।शिक्षक महासंघले विभिन्न २६ सुत्रीयमाग राख्दै पटक पटक सरकारको ध्यानर्कषण गराउँदै मागहरु पुरा नभएको भन्दै पाँच नम्बर प्रदेशको सामजिक मन्त्रालय घेराउ गरेका हुन् ।

उनीहरु बुटवलको राजमार्ग चौराहबाट विभिन्न प्ले कार्ड बोकेर मन्त्रालय आएका थिए । ५ नम्बर प्रदेशमा १२ बटै जिल्लाका सरकारी शिक्षकहरु सभागिता रहेको शिक्षक महासंघका प्रदेश संयोजक प्रेम भण्डारी बताए । महासंघले रुपन्देही जिल्लामा रहेका सबै सामुदायिक विद्यालयहरु समेत बन्द गर्दै आन्दोलनमा सहभागिता जनाउन सबैलाई पत्रकार सम्मेलन गरेर हिजो आग्रह गरेको थियो ।

उनीहरुको बन्दलाई अभिभावकहरुले भने विरोध गरेका छन् । आफ्ना माग पुरा गराउन विद्यार्थीहरुको पढाईमा बाधा पुराउन नहुने अभिभावहरु लोकनाथ ज्ञवालीले बताए ।हासंघले शिक्षा सम्वन्धी स्थानिय तहमा आफूखुशी  ऐन तथा कानुन बनाउने र लागू गर्न खोज्ने कार्य लाई रोक्न स्थानीय तहलाई कडा निर्देशन दिनुपर्ने, कम्तिमा दश वर्ष एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुलाई सामूहिक पदोन्नतिको व्यवस्था गरिनुपर्ने माग राखेको छन् ।तत्कालिन उच्च मावि मा कार्यरत शिक्षकहरुको दरबन्दीको प्रवन्ध गरी स्थायित्वको प्रक्रिया आरम्भ गरिनुपर्ने, राहत शिक्षकलाई स्थायी दरवन्दीमा रुपान्तरण गरी उक्त दरवन्दीमा कार्यरत शिक्षकहरुको स्थायित्वको लागि प्रक्रिया अघि वढाउनुपर्ने लगायत उनीहरुको माग छ ।