शान्ति सुरक्षा र सुशासन कायम गर्न सरकार पूर्ण असफल भयोः बिश्लेषक शर्मा

७ मंसिर २०७५, शुक्रबार ११:०२

काठमाडौं । राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्माले सरकार गठन भएको ९ महिना बितिसक्दा पनि देशमा सरकार भएको जनताले अनुभूति नै गर्न नपाएको बताएका छन । आयोखवर संगको टेलिफोन संवादमा सरकारको ९ महिनाको समीक्षा गर्दै बिश्लेषक शर्माले उक्त कुरा बताएका हुन ।

‘मंसिर ३ गते वर्तमान सरकार गठन भएको ९ महिना पुगेको छ तर ९ महिना पुगेको यो अवधिमा सरकार छ की छैन भन्र्ने प्रश्न उठिरहेको उनले बताए । शान्ति सुरक्षा कायम गर्न सरकार पूर्ण असफल भएको र सुशासन पनि देशमा कायम हुन नसकेको भन्दै सरकारको खुलेर शर्माले आलोचना गरे । सरकारले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नको पहिचान गर्न नसकेको प्रति बिश्लेषक शर्माले दुख्ख ब्यक्त गरे ।

‘सरकारसँग नागरिकको सबैभन्दा ठूलो अपेक्षा सुरक्षाको हुन्छ’ उनले भने ‘सरकार सबै नागरिकको जीउधनको सुरक्षा गर्न असफल भएको छ ,निर्मला पन्तको बुबाआमा डेढ सातादेखि धर्नामा रहेको भन्दै शर्माले उनिहरुको माग छिटो सम्वोधन हुनु पर्ने बताए । तत्कालै सूचना पाउने नागरिकको हकको हनन् भएको भन्दै आपत्ति जनाएका छन । उनले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही सातायता निरन्तर गिरावट आएको भन्दै मूल्य प्रणालीअनुसार तेलको भाउ घटाउन माग गरेका छन ।