बुटवल– प्रदेश ५ को स्थायी राजधानी सिफारिस गर्न गठित संसदको विशेष समितिले तीन महिनापछि पूर्णता पाएको छ ।

साउन २४ गते ३ महिनाको समयावधि तोकिएको उक्त समितिको म्याद सकिएको १० दिन पछि बैठक बसेर रोल्पाका सांसद दिपेन्द्र पुनलाई संयोजक तोक्दै पूर्णता दिइएको हो ।
तीन महिनासम्म समितिमा पुन र रुपन्देहीका सांसद तुल्सी चौधरीमध्ये कसलाई संयोजक बनाउने भन्ने बिषयमा मत विभाजन भएपछि समितिले पूर्णता पाउन सकेको थिएन ।
