काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति अनुसन्धान प्रतिष्ठान थिंक ट्याङ्की को काममा सरकारले हस्तक्षेप नगर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा आयोजित नीति अनुसन्धान प्रतिष्ठानको बैठकमा उनले प्रतिष्ठानलाई कुनै कोणबाट सरकारले असहयोग नगर्ने स्पष्ट पारे ।प्रधानमन्त्री ओलीले विकास निर्माण अघि नबढ्नुमा नीतिगत समस्या पनि कारक रहेको बताएका छन् । ‘विकासलाई बाधा पु¥याउने नीतिहरु कहाँकहाँ छन् तिनलाई सच्याउनु पर्दछ’ प्रधानमन्त्रीले भने । प्रतिष्ठानलाई सम्पूर्ण मन्त्रालय, राष्ट्रिय योजना आयोग, विश्वविद्यालयहरुसँग समन्वय गरेर समग्र राष्ट्रिय नीतिनिर्माण गर्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने ‘हाम्रो ध्येय भनेको सुशासन र विकास हो । यसमा सघाउ पुग्ने गरी सबैको योगदान हुनुपर्दछ ।बैठकमा प्रतिष्ठानका अध्यक्ष चैतन्य मिश्रले प्रतिष्ठानको उद्देश्य र भावी कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
