काठमाडौं – महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले टोखा–६ धापासीस्थित लाखेडाँडाबाट अवैध घरेलु मदिरा बरामद गरेको छ ।प्रहरीका अनुसार घरेलु मदिरासहित मदिरा उत्पादन गर्ने कच्चा पदार्थ, प्लाष्टिकका भाँडाकुँडा र अन्य सामाग्री समेत बरामद गरिएका छन् ।

यस्तै मदिरा बनाउन प्रयोग गरिने कोदोको कच्चा पदार्थ ३५ बोरा, ३६ वटा प्लाष्टिकको बाल्टीमा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर, १२ वटा प्लाष्टिकको बाटामा भातको कच्चा पदार्थ, ५ वटा ड्रममा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ ५०० लिटर बरामद गरिएको हो ।
घरेलु अवैध मदिराबाट समाजमा झै–झगडा भै अपराधिक क्रियाकलाप बढ्दै जाने भएकाले निरुत्साहित गर्न प्रहरीले अवैध घरेलु मदिरा बरामद गरेको हो ।
बरामद गरिएको अवैध घरेलु मदिरा वडा नम्बर ६ का प्रतिनिधि महेश्वर केसीको रोहवरमा नष्ट गरिएको छ ।
