घुम्न जाऔं भन्दै घरमा लगेर बालिका बलात्कार गर्ने पक्राउ

३ मंसिर २०७५, सोमबार ०८:०८

सप्तरी

सप्तरीकी १५ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरीको खडक नगरपालिका– ३ का २१ वर्षीय सदाम मियाँलाई पक्राउ गरी आइतबार उजुरी दर्ता गरेको छ।

छठ पर्व हेर्न बुधबार बिहान खडक नगरपालिका– ५ खोजपुरस्थित चापिन खोला गएकी पीडितलाई घुम्न जाऊँ भन्दै आफ्नो घर लगेर बलात्कार गरेको पीडितले बताइन्। पीडितकी आमाले बिहीबार दिएको उजुरीपछि सोही दिन पीडितको लहानस्थित रामकुमार उमाप्रसाद शारदा स्मारक अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ। आरोपितलाई शनिबार पक्राउ गरी आइतबार जबर्जस्ती करणीको उजुरी दर्ता गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलमणि भट्टराईले बताए।