श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतिस्पर्धा मा सबैभन्दा अगाडि,

२ मंसिर २०७५, आईतवार १५:४२

मिस नेपाल २०१८ की विजेता हुन श्रृंखला खतिवडा मिस नेपालको ताज पहिरिएपछि उनी अहिले मिस वर्ल्डका निम्ति प्रतिस्पर्धा गरिरहेकी छिन् ।

प्रतिस्प्रधा चीनमा भइरहेको छ । प्रतिस्पर्धामा विश्वका १२१ देशका सुन्दरीहरुको सहभागिता छ । उपस्थित धेरैलाई श्रृंखलाले आफ्नो प्रभाव छोड्न सफल भएकी बताइन्छ ।उनलाई नेपालीले मात्र नभएर अन्य देशका नागरिकहरुले समेत सपोर्ट गरेको बुझिएको छ । सबैको सपोर्ट र श्रृंखला स्वंयमको प्रस्तुतिले पनि यो पटक उनलाई मिस वल्र्ड को मुख्य दावेदार मानिएको छ ।