शिवराज नगरपालीकामा अटो र इ(रिक्सा व्यवस्थापनमा समस्या

२ मंसिर २०७५, आईतवार १०:२०

कपिलवस्तु — शिवराज नगरपालिकामा पछिलो समयमा अटो र ई–रिक्साको चाप बढदै गएको छ ।

अटो र ई–रिक्साको चाप बढ्दै गएपछि नगरमा ट्राफिक समस्या हुनुका साथै आम नागरिकलाई समस्या हुने गरेको गुनासो आउना थालेको छ ।

नगर क्षेत्रमा दुई सयको हाराहारीमा रिक्सा हरु संचालनमा भईरहेको शिवगढी यातायात प्रालि आटो रिक्सा संघका कोषा अध्यक्ष हरि विश्वकार्माले जानकारी दिए ।

बिना नम्बर प्लेट र रातो रंगको नम्बर प्लेटको आटो रिक्साले समेत सवारी ओसारने गरेको र रिक्सा दुर्घटना गरि घाइतेलाई छाडेर भागने गरेको घटनाहरु बाररम्बार आइरहेको छ ।

केहि दिन आगाडी शिवराज नगर क्षेत्र अन्र्तगत आजाद पेट्रोल पम्म नजिकै सवारी बोक्ेको लु १ स १४३७ आटोले दुर्घटना गराई चालक फरार भएको र एक जना गम्भिर घाइतेको थप उपचार बुटवलमा गराई घर फर्केको चन्द्रौटा ट्राफिक प्रहरी कार्ययायका प्रमुख इन्सपेक्टर रामशरण कुमाले जानकारी दिए ।

शिवराज नगरपालिकाले रिक्सालाई समयमा नियमन नगर्दा लाखौको राज्श्व समेत खाटा भई रहेको र यसलाई कडाही का साथ लागु गर्न पटक—पटक आटो रिक्सा समितिले अनुरोध गर्दा समेत बेवास्था भएको गुनासो गरेका छन ।