भारतीय अन्तर्राष्ट्रिय व्यापार मेला सुरु

२९ कार्तिक २०७५, बिहीबार १५:५८

नयाँ दिल्ली

भारतको नयाँ दिल्लीस्थित प्रगती मैदानमा इन्डिया इन्टरनेशनल ट्रेड फेयर २०१८ सुरु भएको छ ।आयोजक राष्ट्र भारत तथा नेपाल सहित विश्वका १९ राष्ट्रले भाग लिएको यस मेलामा खासगरी घरायसी सामान, विद्युतीय सामान, जुटजन्य वस्तु, कपडा, कस्मेटिक समानहरु, ईलेक्ट्रीक सामान, स्वास्थ्य सम्बन्धी उपकरण, कृषिजन्य वस्तुहरु, छाला तथा छालाजन्य वस्तुहरु, हस्तकलाका सामान, पश्मिना कपडाहरु, गरगहना, अन्य मेशिनरी उपकरणहरु प्रदर्शनीमा राखिएको छ ।

 

इन्डिया ट्रेड प्रोमोशन अर्गनाइजेसनले आयोजना गरेको यस मेलाको पार्टनर कन्ट्री अफगानिस्तान रहेको छ भने फोकस कन्ट्रीको रुपमा नेपाललाई स्थान दिईएको छ । नोभेम्बर १४ देखि २७ सम्म संचालन हुने यस मेलाको औपचारिक रुपमा भारतका केन्द्रिय वाणिज्य एवं उद्योग राज्य मन्त्री सि।आर। चौधरी र केन्द्रिय संस्कृती राज्य मन्त्री डा महेश शर्माले संयुक्त रुपमा उद्‍घाटन गरे।

अन्तर्राष्ट्रिय पेभिलियनको ९ र १० नं हलमा नेपाल, चीन, हङकङ, ईरान, म्यानमार, नेदरल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया, थाईल्याण्ड, टर्की, ट्युनिसिया, भियतनाम, संयुक्त अरव ईमिरेट्स, अफगानिस्तान लगायतका राष्ट्रहरुको स्टल रहेको छ ।

जसमा नेपालबाट विभिन्न प्रकारका समान सहितका १०वटा फर्म–कम्पनीहरुले ७ वटा स्टलमा आफ्ना माल वस्तुहरु प्रदर्शनी एवं विक्रिका लागि राखेका छन् । नेपालबाट खासगरी काष्ठकलाका सामान, सोभिनियर खुकुरी, धातुबाट बनेका सामान, हस्तकलाका सामानहरु, लुपम्याट ९डोरम्याट०, पश्मिना, थान्का, आर्ट लगायका वस्तुहरुको प्रदर्शन एवं विक्रि वितरणका लागी राखिएको छ ।

नेपालको सहभागिताको लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आयोजना तथा नेपाली दुतावास नयाँ दिल्लीको संयोजन एवं सहजिकरण गरेको यस मेलामा भारत लगायत विश्वका विकसित राष्ट्रहरु सम्मिलित छन् ।

यस मेलामा भारतका विभिन्न प्रान्त, सरकारी निकायहरु, विभिन्न भारतीयअन्तर्राष्ट्रय कम्पनीहरुका ८०० स्टलहरु रहेका छन् । विश्वका १९ राष्ट्र सम्मिलित यस प्रकारको व्यापार मेलामा नेपाल जस्तो विकासोन्मुख राष्ट्रले आफ्नो मालवस्तुहरु प्रदर्शन गर्न पाउनुले नेपालको निर्यात व्यापारमा ठुलो फड्को मार्ने आशा गर्न सकिन्छ ।