काठमाडौं–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भन्सार छली अवैध रुपमा लैजान लागेको करिब २ सय ९९ ग्रामको सुनको सिक्रीसहित बझाङ बुङगल नगरपालिका–७ बस्ने २५ वर्षीय नरेश बोहोरासमेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विभिन्न मुलुकबाट आएका यात्रुलाई भन्सार छली गर्न लगाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ कार पार्किङ एरियामा उक्त सुन अवैध रुपमा संकलन गरी भन्सार छली लैजान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
