बोल्दै नबोलेका कुरा संचारमाध्यममा आउनु मेरो आपत्ति छ , गौतम

२८ कार्तिक २०७५, बुधबार ११:३३

काठमाडौं– नेकपाका सचिवालय सदस्य तथा पूर्व गृहमन्त्री वामदेव गौतमले संचारमाध्यमहरुले आफूले बोल्दै नबोलेको कुरा सार्वजनिक गरेको भन्दै आर्कोश पोखेका छन ।

गौतमले सांसद नपाएपछि राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफूलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव गरेको दाबी सहित एक पत्रिकाले खबर छापेको थियो । तर, सो प्रस्तावलाई ओलीले अस्वीकार गरेको समाचारमा उल्लेख गरिएको थियो ।गौतमले बोल्दै नबोलेको कुरालाई अन्तर्वार्ता नै दिएको जसरी छाप्ने काम भएको भन्दै आफ्नो चरित्रमाथि खेलबाड गरिएको भन्दै एक विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।