काठमाडौं–
छठको चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न गरिएको छ।

काठमाडौंको थापाथलीस्थित व्रतालु महिलाहरूले बिहान नदी किनारमा गई सूर्यलाई अर्घ दिएर व्रत समाप्त गरेका छन्।

सोमबार साँझ ‘खरना’ विधि सम्पन्न गरेर निराहार ब्रत थालेका ब्रतालुको उपवासको समय आज बिहान सूर्योदय हुँदासम्म झण्डै ३६ घण्टा भएको छ।

आइतबार कात्तिक शुक्ल चौथीका दिन ‘नहाय खाय’ विधिबाट ब्रत सङ्कल्प गरेका ब्रतालुले आज चौथो दिन छठ सम्पन्न गरेका हुन्।



