सरकारको गति अब जेट विमान हुँदै रकेटजस्तै हुन्छः रायमाझी

२६ कार्तिक २०७५, सोमबार १७:३६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन् ।पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रायमाझीले भने, “सरकारले अब गति लिन्छ । यसमा कुनै शंका छैन ।

वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन् ।”नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने, “अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।उनले भने, “यो सरकारकाको पूर्ण समिक्षा गर्ने स्थिति अहिले छैन् । सरकारको कामको बारेमा आंशिक समिक्षा गर्न सकिन्छ, तर पूर्ण समिक्षा गर्ने अवस्था अहिले होईन् । सरकार गठन भएको एक वर्षपनि पुगेको छैन् । यो सरकारसामू ठूला–ठूला अवसरहरु छन् । सरकारसँग दुई तिहाई बहुमत छ । र, विकास र समृद्धि भन्ने एकसूत्रीय एजेण्डा छ ।”५ वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ । उनले भने, “सडक सञ्जालमात्रै होईन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ ।”