देउवाविरुद्धको मोर्चाबन्दी बलियो बन्दै

२६ कार्तिक २०७५, सोमबार १३:३०

काठमाडौं– पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गर्दै आएका काँग्रेसका केहि नेताहरु अहिले देउवाविरुद्धको मोर्चाबन्दी बलियो बनाउने प्रयासमा लागेका छन् ।

नेविसंघको विधान, महासमिति बैठक, विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित लगायतका निर्णयमा सभापति देउवाले आफुखुसी गरेको भन्दै असन्तुष्ट बनेका केहि नेताहरुले सोमबार बैठक नै बसेर देउवाविरुद्धको मोर्चाबन्दी कडा बनाउने निर्णय गरेका हुन् ।

काँग्रेस नेतृ सुजाता कोइरालाको घरमा सोमबार बिहान १० बजेदेखि बसेको उक्त बैठक झण्डै २ घण्टा चलेको स्रोतको दावी छ ।
बैठकमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु शेखर कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, सुजाता कोइराला र डा रामशरण महत सहभागी भएका थिए ।

बैठकमा खासगरी सभापति देउवाले गत साता नेता विजयकुमार गच्छदारलाई उपसभापतिमा मनोनित गरेर विधान र प्रक्रिया विपरित गएको भन्दै केहि नेताहरु एकजुट भएको स्रोतको दावी रहेको छ ।

उक्त बैठकमा सहभागि मध्येका एक नेता अर्जुननरसिंह केसीका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी निर्णय गर्न थालेकाले त्यसको शसक्त प्रतिरोध गर्न एकजुट हुनु परेको बताईएको छ ।
उनका अनुसार ‘पार्टीका निर्णयहरु संस्थागत हुन नसकेको तर्क छ । जसले समग्र काँग्रेसको छवि नै विग्रन थालेको तथा विधी र प्रकृया विपरित सभापति देउवा जान थालेकाले सामाुहिक रुपले अगाडी बढ्ने विषयमा प्रारम्भिक छलफल भएको जानकारी आयोखवरलाई प्राप्त भएको छ ।नेता केसीका अनुसार सभापतिका पछिल्ला निर्णयहरुले प्रजातान्त्रिक पद्धति समेत तोड्ने काम भएकाले त्यसबारे आगामी दिनमा छलफल गर्दै अघि बढ्न सात नेताहरु सहमत भएका छन् ।