बजार अनुगमन सुस्तायो

२१ कार्तिक २०७५, बुधबार ११:५२

नेत्रबहादुर लिम्वु

चाडपर्वको मुखमा बजार अनुगमनलाई तीव्र पारेको सरकारले बताएको छ । तर उपभोक्ताहरु ठगिने गरिएको गुनासा आइरहेकै छन । उपभोग्य बस्तुको मूल्य अकासिएको छ । तर कार्वाही गरिएको उदाहरण न्यून मात्रमा देखिन्छ । यस्तो तौरतरिकाले धेरै उपभोक्ताहरु मर्कामा परिरहेका छन । बजार अनुगमनलाई सरकारले खासै तीव्रता दिएको छैन ।

बजारमा खुल्लमखुल्ला ब्यापारीहरुले मनपरी मूल्य बृद्दि गरेका छन । मिठाई पसलहरु , माछा मासु पसलहरु फोहोरा छन । सरसफाईमा ति पसलहरुले कुनै ध्यान दिएका छैनन् । सरकारले यस बारेमा कुनै चासो देखाएको छैन । उपभोक्ता अधिकारकर्मीहरु कानमा तेल राखेर बसिरहेका छन । उपभोक्तावादीहरुले बजार अनुगमनलाई तीव्रता पार्नु पर्ने हो । तर उनिहरु पनि सुस्ताएको देखिन्छ । गत बर्ष त झाराटार्न गरे जस्तो बजार अनुगमनले केहि हदसम्म तीव्रता पाएको थियो । अहिले त्यस्तो कतै देखिदैन । बजारमा धेरै मनपरि भैरहेको छ । सरोकारवाला सवै निकायहरु यस बिषयमा गंम्भिर बन्नु पर्ने जरुरी देखिएको छ । किन कि आमउपभोक्ताकोहरुको स्वास्थ्यको सवालको कुरा छ । बासी , सडेगलेका , म्यद कटेका खाने कुरा खादा उपभोक्ताहरुलाई रोग लाग्न सक्ने खतरा पनि उत्तिकै देखिएको छ । खाद्यन्नमा धेरै मिसावट देखिएको छ । यस्ता खाने कुराहरुले उपभोक्ताहरुलाई गंम्भिर रोग लाग्न सक्छ । त्यसो भएको हुनाले समयमै बजार अनुगमनलाई तीव्रता दिने काम गरौ । आम उपभोक्ताहरु पनि खाने कुरामा सचेत बनौ । बजारमा किन्ने सरसामनहरुमा म्याद नाघेको छ की छैन आफै हेरेर किन्र्ने गरौ , स्वास्थ्य नै सवै भन्दा ठूलो कुरा हो । जादा जादै समस्त आम उपभोक्ताहरुलाई दीपावलीको शुभकामना दिन चाहान्छु । उपभोक्ता अधिकार संरक्षण संघका अध्यक्ष नेत्रवहादुर लिम्वुसंग कुराकानीमा आधारित